म्याग्दीमा धौलागिरी बेस क्याम्प नजिकै हेलिकप्टर दुर्घटना

Byन्यूज स्रोत

२०७९ चैत्र २६, आईतवार ०९:०७ गते २०७९ चैत्र २६, आईतवार ०९:०७ गते २०७९ चैत्र २६, आईतवार ०९:०७ गते

म्याग्दी, २६ चैत । म्याग्दीको धौलागिरी बेस क्याम्प नजिकै एभरेष्ट एयर हेलिकप्टर दुर्घटना भएको छ ।

हेलिकप्टर दुर्घटनामा परे पनि पाइलट प्रिया अधिकारीको अवस्था सामान्य रहेको छ ।

पाइलट प्रिया अधिकारीले कार्गो हेलिकप्टर लिएर गएकी थिइन् ।

उनको उद्धारका लागि एयर डाइनेस्टी गएको छ ।

एयर डाइनेस्टी फर्केपछि घटनाको थप विवरण प्राप्त हुनेछ ।