प्रतिनिधिसभा बैठक बस्दै: कार्यव्यवस्था समितिमा सदस्यहरु मनोनयन हुने

Byन्यूज स्रोत

२०७९ चैत्र २३, बिहीबार ०२:५८ गते २०७९ चैत्र २३, बिहीबार ०२:५८ गते २०७९ चैत्र २३, बिहीबार ०२:५८ गते

काठमाडौं, २३ चैत । आज प्रतिनिधिसभा बैठक बस्दैछ ।

संघीय संसद सचिवालयका अनुसार बैठक अपरान्ह १ बजे बस्नेछ ।

बैठकमा कार्यव्यवस्था समितिका सदस्यहरुलाई सभामुखले मनोनयन गर्ने कार्यतालिका रहेको छ ।

संसद सचिवालयले सार्वजनिक गरेको कार्यसुची अनुसार आजको बैठकमा सार्वजनिक सेवा प्रसारण बिद्येयक २०७८ र सुरक्षण मुद्रण सबन्धि बिद्येयक २०७८ का सबन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देससहितको बिद्येयक टेबुल हुनेछ ।

यसैगरी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोक सेवा आयोगको ६३ औं बार्षिक प्रतिवेदन पेश गर्ने कार्यतालिका रहेको संघीय संसदको महासचिव भरतराज गौतमले जानकारी दिए ।