बसको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु

Byन्यूज स्रोत

२०७९ चैत्र १८, शनिबार ११:२७ गते २०७९ चैत्र १८, शनिबार ११:२७ गते २०७९ चैत्र १८, शनिबार ११:२७ गते

धनगढी, १८ चैत । बझाङमा बसको ठक्करबाट तीन वर्षीय बालकको ज्यान गएको छ ।

जयथृथ्वी नगरपालिका-९ मा पवनदुत यातायातको सु.प.प्र. ०२–००१ ख १११९ नम्बरको बसको ठक्करबाट तीन वर्षीय सर्गम बोहराको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार तीन वर्षीय बालक बोहरालाई शनिबार सुर्मा गाउँपालिका वडा नम्बर ३ का धनबहादुर बोहराका छोराको बसको ठक्करबाट मृत्यु भएको हो । पीडित परिवार तथा आफन्तहरूले बस चालकलाई कारबाही गर्नुपर्ने तथा मृतक परिवारलाई राहत उपलब्ध गराउनुपर्ने माग गरिरहेका छन् ।