तनहुँ-१ मा उपनिर्वाचनमा कांग्रेसबाट गोविन्द भट्टराई उम्मेवार

Byन्यूज स्रोत

२०७९ चैत्र १६, बिहीबार ०७:२६ गते २०७९ चैत्र १६, बिहीबार ०७:२६ गते २०७९ चैत्र १६, बिहीबार ०७:२६ गते

काठमाडौं, १६ चैत । नेपाली कांग्रेसले आगामी १० वैशाखमा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि तनहुँ–१ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने भएको छ ।

रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि सो क्षेत्र रिक्त हुन पुगेको हो ।

गत मंसिरमा भएको निर्वाचनमा उक्त क्षेत्रबाट पौडेल निर्वाचित भएका थिए ।

बिहीबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उक्त क्षेत्रमा भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।