प्रधानमन्त्रीले पेश गरे सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा

Byन्यूज स्रोत

२०७९ चैत्र १४, मंगलवार १४:०५ गते २०७९ चैत्र १४, मंगलवार १४:०५ गते २०७९ चैत्र १४, मंगलवार १४:०५ गते

काठमाडौं, १४ चैत । सत्तारुढ गठबन्धनका नेताहरुको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश गरेका हुन् ।

उक्त मस्यौदामा बुधबार छलफल हुने बैठकमा सहभागी नेपाली कांग्रेसका नेता रमेश लेखकले बताए ।

सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा छलफलका लागि पेश भएकाे र भोलि त्यसमा छलफल हुने उनले बताए ।

न्यूनतम साझा कार्यक्रममाथि छलफल भएपछि मन्त्रिपरिषद विस्तारबारे छलफल हुने नेता लेखकले बताए ।