सत्तारुढ गठबन्धनको बैठक आज बस्दै, मन्त्रीपरिषद विस्तार प्रमुख एजेण्डा

Byन्यूज स्रोत

२०७९ चैत्र १४, मंगलवार ०१:०० गते २०७९ चैत्र १४, मंगलवार ०१:०० गते २०७९ चैत्र १४, मंगलवार ०१:०० गते

काठमाडौं, १४ चैत । सत्तारुढ गठबन्धनको बैठक आज अपरान्ह ४ बजे बस्दैछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल पछि आज अपरान्ह ४ बजेका लागि बैठक बोलाएका हुन ।

आज बस्ने बैठकमा मुख्यतः मन्त्रीपरिषद विस्तारका वारेमा छलफल हुनेछ ।

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेस ८ वटा मन्त्रालयसहित सरकारमा जाने तयारी अवस्थामा छ भने अन्य साना दललाई कसरी ब्यवस्थापन गर्ने ? भन्ने बारेमा गठबन्धनको बैठकमा छलफल हुनेछ ।