माओवादीले फिर्ता लियो गण्डकी सरकारलाई दिएको समर्थन

Byन्यूज स्रोत

२०७९ चैत्र १०, शुक्रबार १०:०४ गते २०७९ चैत्र १०, शुक्रबार १०:०४ गते २०७९ चैत्र १०, शुक्रबार १०:०४ गते

पोखरा, १० चैत । नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

शुक्रबार बसेको माओवादी केन्द्र गण्डकी संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

गण्डकीमा एमालेका नेता खगराज अधिकारी नेतृत्वको सरकार छ । माओवादीले समर्थन फिर्ता लिने भएपछि मुख्यमन्त्री खगराज अधिकारीले राजीनामा दिने तयारी गरेका छन् ।