डेढ घन्टा अघि नै भरियो त्रिभुवन विश्वबिद्यालयको खेल मैदान

Byन्यूज स्रोत

२०७९ चैत्र २, बिहीबार ०२:२७ गते २०७९ चैत्र २, बिहीबार ०२:२७ गते २०७९ चैत्र २, बिहीबार ०२:२७ गते

काठमाडाैं, २ चैत । आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेलमा नेपाल र युएईको खेल हेर्न बिहान देखि नै खेल परिसरमा दर्शकको भिड बढेको छ ।

त्रिभुवन विश्वबिद्यालयको खेल मैदान परिसरमा आज बिहानै देखी दर्शकको लाइन लागेको छ । बिहान ७ः ४५ मा टियुको दर्शक छिर्ने गेट खुलाईए पछि खेल मैदानमा पुरैमा भिड लागेको छ ।

क्यानले बुधबार साँझ नै सबै ११ हजार टिकट बिक्री गरेको थियो । जसका कारण टिकट खेल मैदानमा बेचिएको छैन । खेल बिहान ९ः ३० वाट सुरु हुनेछ ।