पोखरा,०१ चैत । चितुवाको आक्रमणबाट पोखराम दुई जना घाइते भएका छन् ।
पोखरा महानगरपालिका – १८ भकुण्डेमा बुधबार बिहान चितुवाले आक्रमण गर्दा रुपा गाउँपालिका -४ का २८ वर्षीय श्रीकृष्ण मल्ल ठकुरी र पोखरा १८ का ३२ वर्षीय राजेश तिमिल्सिना घाइते भएको प्रहरीले जनाएको छ ।
वडा प्रहरी कार्यालय बैदामका प्रहरी प्रमुख, डीएसपी वेद जोशीले घाइते दुवैको पोखराको मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको जानकारी दिए।
डीएसपी जोशीका अनुसार भकुण्डेस्थित कालिज फार्मममा बिहान करिब साढे ७ बजेको समयमा चितुवा पसेर फार्ममा काम गर्ने कामदारलाई आक्रमण गरेको हो ।
मान्छेलाई आक्रमण गरेको उक्त चितुवा भने मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ ।