राष्ट्रपतिको स्वकीय सचिवमा डा.चालिसे नियुक्त

Byन्यूज स्रोत

२०७९ फाल्गुन ३०, मंगलवार १४:४९ गते २०७९ फाल्गुन ३०, मंगलवार १४:४९ गते २०७९ फाल्गुन ३०, मंगलवार १४:४९ गते

काठमाडौं, ३० फागुन ।  राष्ट्रपति रामचन्द्र पौडेलको स्वकीय सचिवमा डा. सुरेशचन्द्र चालिसे नियुक्त भएका छन् ।

चालिसेलाई राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार स्वकीय सचिव नियुक्त गरेका हुन् । पूर्व प्रधानमन्त्री सुशील कोइरालाको परराष्ट्र सल्लाहकारका रुपमा काम गरेका चालिसे पूर्वराजदूत समेत हुन् ।

यस्तै राष्ट्रपति पौडेलको निजी सचिवमा चिरञ्जिवी अधिकारी नियुक्त भएका छन् ।

अधिकारी यसअघि पनि पौडेलको निजी सचिव थिए ।