बाग्लुङका चोखालको जापानमा सुतेकै अवस्थामा मृत्यु

Byन्यूज स्रोत

२०७९ फाल्गुन २४, बुधबार १२:०१ गते २०७९ फाल्गुन २४, बुधबार १२:०१ गते २०७९ फाल्गुन २४, बुधबार १२:०१ गते

बाग्लुङ घर भएका एक पुरुषको जापानमा हृदयाघातबाट सुतेकै अवस्थामा मृत्यु भएको छ ।

बाग्लुङको गलकोट-७ घर भएका ४३ वर्षीय पदमबहादुर चोखालको हृदयघातका बुधबार मृत्यु भएको हो । चोखाल जापानको टोक्योस्थित सिनगावा वार्ड नजिकै श्रीमतीसँगै बस्दै आएका थिए । उनी जापानमा कुकका रुपमा कार्यारत रहेका जनाइएको छ ।

मङ्गलबार राती कामबाट फर्केर खान खाएर सुतेका चोखाल बिहान मृत फेला परेका थिए ।