काठमाडौँको कोटेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा एक जना पुरुषको मृत्यु भएको छ ।

हिजो राति काठमाडौँ-२२ कोटेश्वरमा प्रदेश ३-०२-००९ प ७००६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा ४२ वर्षीय मधुकर बालाको मृत्यु भएको हो । घटनामा गम्भीर घाइते बालालाई उपचारका लागि काठमाडौँ मेडिकल कलेज सिनामङ्गल लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा सोही मोटरसाइकलमा सवार एक महिला पनि घाइते भएकी थिइन् । उनको सोही अस्पतालमा उपचार भइरहेको पनि प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

ट्रेन्डिङ न्यूज

Copyright © 2023 News Srot. All Rights Reserved.