कक्षा १२ को परीक्षा वैशाख २६ देखि

Byन्यूज स्रोत

२०७९ फाल्गुन २१, आईतवार ११:२४ गते २०७९ फाल्गुन २१, आईतवार ११:२४ गते २०७९ फाल्गुन २१, आईतवार ११:२४ गते

कक्षा १२ को परीक्षा वैशाख २६ देखि हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको हो । २६ गते शुरु भएर परीक्षा जेठ ५ मा सकिनेछ । यसपटक परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुने सूचनामा उल्लेख गरिएको छ ।

पहिलो दिन अनिवार्य अङ्ग्रेजीलगायत विषयको परीक्षा हुनेछ ।