तेस्रो टेस्टको तेस्रो दिनमै भारत अस्ट्रेलियासँग ९ विकेटले पराजित

Byन्यूज स्रोत

२०७९ फाल्गुन १९, शुक्रबार ०५:३० गते २०७९ फाल्गुन १९, शुक्रबार ०५:३० गते २०७९ फाल्गुन १९, शुक्रबार ०५:३० गते

भारत र अस्ट्रेलियाबीच जारी बोर्डर गावस्कर ट्रफीको तेस्रो टेस्टमा भारतलाई अस्ट्रेलियाले ९ विकेटको फराकिलो अन्तरले पराजित गरेको छ ।

तेस्रो दिनको खेलमा जीतका लागि ७६ रन मात्रै चाहिएकोमा अवस्थामा अस्ट्रेलियाले १८.५ ओभरमै लक्ष्य पूरा गरेको हो । अस्ट्रेलियाका लागि मार्नुस ल्याबुसेनले अविजित २८ र ट्राभिस हेडले अविजित ४९ रनको योगदान दिए । यस अघि पहिलो इनिङमा भारत एक सय ९ रनमै समेटिएको थियो । प्रतिउत्तरमा उस्मान ख्वाजाले ६० रन बनाएपछि अस्ट्रेलियाले पहिलो इनिङमा १९७ बनाउन सफल भएको हो ।

भारतको दोस्रो इनिङलाई धरायाशी पार्न नाथन लायनले ८ विकेट लिएपछि टोली एक सय ६३ रनमै समेटिएको थियो । ७६ रनको सहज लक्ष्य पछ्याएको अस्ट्रेलियाले जीतसँगै सिरिजलाई २-१ स्कोरमा पुर्याएको छ । यस अघिका दुई टेस्टमा भारत विजय भएको थियो ।