नेपाल स्टक एक्सचेञ्ज(नेप्से) को परिसूचकमा बिहीबार २६.४७ अङ्कको गिरावट आएको छ । आज बुधबारको भन्दा कारोबार रकममा भने सामान्य वृद्धि भएको छ ।
बिहीबार नेप्से बिहानै देखि झर्दै दिउँसो ३ बजेसम्म १९६९ अङ्कमा बन्द भएको छ । आज दिनभरी एक अर्ब ३३ करोड ६३ लाख भन्दा बढीको कारोबार हुँदा दुई सय ५६ स्क्रीप्टका ३६ लाख ५७ हजार एक सय ५४ कित्ताको कारोबार भएको छ । आज नेप्से सँगसँगै सबै उपसूचकमा पनि गिरावट आएको छ । हिजो एक अर्ब २८ करोड बराबरको कारोबार भएको थियो ।
बिहीबार लघुवित्त उपसूचकमा सबैभन्दा बढी २.६४ प्रतिशतले गिरावाट आएको छ भने सबैभन्दा बढी ग्लोबल आइएमई लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । उक्त लघुवित्तको सेयर मूल्य ७ प्रतिशत घटेको छ । आज बुद्धभुमि हाइड्रोका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । उक्त हाइड्रोको मूल्य हिजो तुलनामा ४.२९ प्रतिशतले बढेको छ ।
यसैगरी आज हिमालयन डिस्टिलरीको सर्वाधिक ८ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ भने शिवम् सिमेन्ट र एनआईसी एसिया बैंकको दोस्रो र तेस्रो सर्वाधिक कारोबार भएको छ ।