ड्युटीमै खटिँदा बेहोस भएका प्रहरीको मृत्यु

Byन्यूज स्रोत

२०७९ फाल्गुन १७, बुधबार १५:३५ गते २०७९ फाल्गुन १७, बुधबार १५:३५ गते २०७९ फाल्गुन १७, बुधबार १५:३५ गते

ड्युटीमै खटिँदा बेहोस परेका एक प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ ।

बैतडीको मेलौली नगरपालिका-२ सलेनामा रहेको अस्थायी प्रहरी चौकीमा ड्युटीमा रहेका ३२ वर्षीय नवीन चौधरीको बुधबार मृत्यु भएको हो । साँझ साढे ५ बजेतिर ड्युटीकै क्रममा बेहोस भएका चौधरीलाई ७ बजे मृत घोषित गरिएको थियो । उनलाई उपचारका लागि स्थानीय स्वास्थ्य चौकी लगिएको प्रहरीले जनाएको छ ।

कैलालीको कैलारी गाउँपालिका-७ घर भएका चौधरीको मृत्युको कारण भने खुलिसकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।