कारको ठक्करबाट दुई पैदलयात्रीको मृत्यु

Byन्यूज स्रोत

२०७९ फाल्गुन १७, बुधबार ०७:४१ गते २०७९ फाल्गुन १७, बुधबार ०७:४१ गते २०७९ फाल्गुन १७, बुधबार ०७:४१ गते

झापामा कारको ठक्करबाट दुई पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ ।

झापाको कन्काई नगरपालिका-८ लक्ष्मीपुरचोकमा कारको ठक्करबाट सोही स्थान बस्ने ३२ वर्षीय सन्तोष गुरुङ र ३७ वर्षीय खगेन्द्र बयलकोटीको मृत्यु भएको हो । हिजो मध्यराती करिब १२ बजे पश्चिमबाट पुर्व तर्फ आउँदै गरेको ना ४ च ४५२५ नम्बरको कारले बाटो क्रस गर्दै गरेको अवस्थामा दुवैजनालाई ठक्कर दिएको थियो ।

घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।