पोखराको पृथ्वीचोकमा बसको ठक्करबाट युवतीको मृत्यु

Byन्यूज स्रोत

२०७९ माघ २६, बिहीबार ०८:२१ गते २०७९ माघ २६, बिहीबार ०८:२१ गते २०७९ माघ २६, बिहीबार ०८:२१ गते

पोखरा, २६ माघ । पोखराको पृथ्वीचोकमा बसको ठक्करबाट युवतीको मृत्यु भएको छ ।

पोखराको पृथ्वीचोकबाट बुद्धचोकतर्फ जाँदै गरेको ग १५ प २४७६ नम्बरको स्कुटरलाई सोही दिशाबाट आएको ना ८ ख ५२५१ नम्बरको बसले ठक्कर दिँदा स्कुटर चालक २७ वर्षीया रेजिना आचार्यको मृत्यु भएको हो ।

करिब ९ बजे भएको घटनामा घाइते आचार्यलाई उपचारका लागि पश्चिमाञ्चल सामुदायिक अस्पताल लगिएकोमा अस्पतालले मृत घोषणा गरेको हो ।

पृथ्वीचोकको चाइनापुल नजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ ।  बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।