झापामा कुखुरा सडकमै उतारेर विरोध प्रदर्शन

Byन्यूज स्रोत

२०७९ माघ २४, मंगलवार ०९:२५ गते २०७९ माघ २४, मंगलवार ०९:२५ गते २०७९ माघ २४, मंगलवार ०९:२५ गते

झापाका कुखुरापालक किसानले उचित मुल्य र बजार नपाएको भन्दै बाटोमै कुखुरा उतारेर विरोध प्रदर्शन गरेका छन् ।

बिर्तामोडको मुक्तिचोकमा सय भन्दा बढी कुखुरालाई सडकमै उतारेर तथा अन्डा फालेर कृषकले विरोध जनाएका हुन् । कुखुरापालकबाट निकै कम मूल्यमा अन्डा किनेर बिचौलियाले महँगोमा बेच्ने गरेको त्यहाँका कृषकले गुनासो गरे । उनीहरु सडकमा ल्याएका कुखुरासमेत सडकमै छाडेर फर्किएका थिए ।

यसअघि चितवनमा कृषकहरुले सडकमै तरकारी फालेर विरोध जनाएका थिए ।