अन्नपूर्ण गाउँपालिकामा भुमिहिनलाई निस्सा वितरण

Byन्यूज स्रोत

२०७९ माघ २४, मंगलवार ०१:५२ गते २०७९ माघ २४, मंगलवार ०१:५२ गते २०७९ माघ २४, मंगलवार ०१:५२ गते

कास्कीको अन्नपूर्ण गाउँपालिकाले त्यहाँको वडा नं. १० मा निस्सा वितरण कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाले हिजो वडा नं १० मा १० जना भुमिहिन दलित,७ जना भुमिहिन सुकुम्बासी र ३ जना अव्यवस्थित बसोबासीलाई निस्सा वितरण गरेको हो ।

वडा नं १० का वडा अध्यक्ष गौतम गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर के.सीले राम्रो कार्यक्रमको सुरुवात भएको बताउँदै आफ्नो कार्यकालको पहिलो वर्षमै सम्पुर्ण भुमिहिनलाई जग्गा उपलब्ध गराएर भुमि पति बनाइने बताउनुभयो । साथै वडाले भुमिहिन लाई जग्गा सिफारिस गरेको केहि दिनमै नापी टोली खडा गरी नापजाँच गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो।

कार्यक्रम सञ्चालन राष्ट्रिय भुमि आयोग, अन्नपूर्ण गाउँपालिका इकाईका फोकल पर्सन ई. प्रभात पौडेलले गर्नुभएको थियो । उहाँले गाउँपालिकाको सम्पुर्ण वडाहरूमा फागुन महिना भित्र निस्सा वितरण गर्ने र जग्गा धनि पुर्जा वितरण गर्ने नेपालमै पहिलो स्थानीय तह हुने लक्ष्य रहेको पनि बताउनुभयो । पौडेलले गाउँपालिकाले भुमिहिन लाई आवास प्रयोजनका लागि ३४० वर्ग मिटर र कृषि प्रयोजनका लागि २००० वर्ग मिटर उपलब्ध गराइने कुरा उल्लेख गर्नुभयो।

कार्यक्रममा वडा नं १० का वडा अध्यक्ष गौतम गुरुङले राष्ट्रिय भुमि आयोगको कार्यविधी अनुरुप वडाबाट गर्नुपर्ने सम्पुर्ण काम कार्वाही गरेको र भुमिहिनहरुलाई जग्गा सकेसम्म यही वडामा र नपाएको खण्डमा गाउँपालिका भित्र व्यवस्थापन गर्ने र छिट्टै भुमिहिनहरुले जग्गा पाउने कुरा विश्वस्त रहन अनुरोध गर्नुभयो ।