बढ्यो पेट्रोल र डिजेलको मूल्य

Byन्यूज स्रोत

२०७९ माघ २४, मंगलवार ००:५१ गते २०७९ माघ २४, मंगलवार ००:५१ गते २०७९ माघ २४, मंगलवार ००:५१ गते

नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्यवृद्धि गरेको छ ।

भारतबाट मूल्य बढेर आएपछि सोमबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउमा प्रति लिटर ३-३ रुपैयाँका दरले वृद्धि गरेको हो । नयाँ मूल्य अनुसार अब पेट्रोलको प्रति लिटर १७८ रुपैयाँ पर्छ भने डिजेल र मट्टितेल प्रति लिटर १७५ रुपैयाँ पर्न जानेछ ।

खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने वृद्धि नगरिएको निगमको भनाई छ । भारतीय आयल कर्पोरेसन लिमिटेड र नेपाल सरकारलाई अझै १६ अर्ब ३० करोड रुपैयाँ तिर्न बाकिँ उल्लेख गर्दै निगमले त्यो दायित्व तिर्न चुनौतीपूर्ण रहेको पनि बताएको छ ।