प्रहरीले मृत्युपछि अन्त्येष्टि गर्न भनी पशुपतिको जंगलमा लगिएको १७ महिने शिशुको शवलाई नियन्त्रणमा लिएको छ ।

काठमाडौँको तारकेश्वर नगरपालिका वडा नम्बर २ स्थित चिसापानीमा पानीको बाल्टिनमा डुबेर मृत्यु भएको भनिएको बालिकाको शव प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले घटना शंकास्पद भएको भन्दै शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ ।

बालिकाको शरीरमा नीलडाम देखिएको भनेर खबर आएपछि शव नियन्त्रणमा लिएको प्रहरीको भनाई छ । घटनाका बारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले उल्लेख गरेको छ ।

सम्बन्धित न्यूज

ट्रेन्डिङ न्यूज

Copyright © 2023 News Srot. All Rights Reserved.