राष्ट्रिय सभा उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार उर्मिला अर्याल निर्विरोध निर्वाचित भएकी छिन् ।
सोमबारको राष्ट्रिय सभाको बैठकले अर्यालको एक्लो उम्मेदवारी परेको भन्दै उनलाई निर्विरोध निर्वाचित गरेको हो । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्याल राष्ट्रिय सभा उपाध्यक्ष पदमा निर्वाचित भएको घोषणा गरेका थिए ।
लामो समयसम्म नेकपा एमालेमा रहेकी नेतृ अर्याल पछि माओवादी केन्द्र प्रवेश गरेकी थिइन् । ६६ वर्षीया अर्यालले समाजशास्त्र विषयमा स्नातकोत्तरसम्मको पढाइ पुरा गरेकि छिन् । उनले झलनाथ खनाल प्रधानमन्त्री रहेको सरकारमा स्थानीय विकास मन्त्रीको भुमिका निर्वाह गरिसकेकी छिन् ।