राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट बाहिरिने निर्णय गरेको छ ।
आज बसेको पार्टीको बैठकले सो निर्णय गरेको हो । बैठक र आगामी योजना बारे पार्टीले पत्रकार सम्मेलन गरिरहेको छ । नागरिकता मुद्दामा संसद पद खारेज भएसँगै पार्टी सभापति रवि लामिछानेले गृहमन्त्री पद गुमाएका थिए । नागरिकता पुन प्राप्ति पश्चात् पुन गृहमन्त्री पद दाबी गरेका लामिछानेलाई प्रधानमन्त्री पुष्पकमल दाहालले अस्वीकार गरेसँगै रास्वपा सरकारबाट बाहिरिएको हो ।
रास्वपाले आफ्ना सबै मन्त्रीहरुसमेत आजै फिर्ता बोलाउने भएको छ । रास्वपाबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा मन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्की रहेका छन् ।
ट्रेन्डिङ न्यूज
Copyright © 2023 News Srot. All Rights Reserved.