चितवन-२ मा ३४ हजार मतान्तरले हारेका श्रेष्ठको स्वत विजयी घोषित हुन माग

Byन्यूज स्रोत

२०७९ माघ २२, आईतवार ०२:३२ गते २०७९ माघ २२, आईतवार ०२:३२ गते २०७९ माघ २२, आईतवार ०२:३२ गते

चितवन-२ मा ३४ हजार मतान्तरले हारेका नेपाली काङ्ग्रेसका उमेश श्रेष्ठले आफूलाई स्वत विजयी घोषित गर्न माग गर्दै निर्वाचन आयोग जाने भएका छन् ।

नागरिकता मुद्दामा चितवन २ बाट निर्वाचित रवि लामिछानेको सांसद पद सर्वोच्चले खारेज गरिदिएसँगै श्रेष्ठ उक्त सांसद पद आफूले पाउनु पर्ने माग गर्न आयोग जाने भएका हुन् । उनले आज बिहान ११:३० बजे निर्वाचन आयोगमा निवेदन दर्ता गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

अघिल्लो चुनावमा पाँच दलीय गठबन्धनका साझा उम्मेदवार श्रेष्ठले जम्मा १४ हजार ९८८ मत मात्र पाएका थिए ।