काठमाडौँमा बुबा-छोरी मृत फेला, छोरीको हत्यापश्चात आत्महत्याको आशंका

Byन्यूज स्रोत

२०७९ माघ २१, शनिबार १४:४१ गते २०७९ माघ २१, शनिबार १४:४१ गते २०७९ माघ २१, शनिबार १४:४१ गते

काठमाडौँको पुरानो बानेश्वरमा बुवा-छोरी मृत फेला परेका छन् ।

काठमाडौँ-१० टंकप्रसाद मार्गमा रहेको घरमा भाडामा बस्दै आएका ३६ वर्षीय किशोर भण्डारी र उनकी ७ वर्षीया छोरीलाई मृत अवस्थामा फेला पारिएको हो । प्रहरीका अनुसार छोरी घाँटीमा रेटिएको अवस्थामा र बुबा किशोर शौचालयमा झुन्डिएको अवस्थामा फेला परेका हुन् । प्रारम्भिक अनुसन्धान अनुसार बुबाले छोरीको हत्या गरेर आत्महत्या गरेको आशंका गरिएको छ ।

फरक क्षमता भएकी बालिकाको आमा भने घटना भएका बेला बजार गएको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरीले थप अनुसन्धान थालेको छ ।