पोखरा विमानस्थल वरिपरि भन्सार सीमा तोकियो

Byन्यूज स्रोत

२०७९ माघ २१, शनिबार ०९:३१ गते २०७९ माघ २१, शनिबार ०९:३१ गते २०७९ माघ २१, शनिबार ०९:३१ गते

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको चार दिशामा भन्सार विन्दु तोकिएको छ । बिहीबार संघीय अर्थ मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार क्षेत्र तोकेको हो ।

सूचना अनुसार पोखरा-१४ मा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सम्पुर्ण क्षेत्रसहित चार किल्ला भित्रको क्षेत्रलाई भन्सार क्षेत्र घोषित गरिएको हो । पूर्वमा विजयपुर खोला र सो खोलामा अवस्थित विजयपुर प्रथम जलविद्युत आयोजनासँग जोडिएको क्षेत्र र पश्चिममा काजीपोखरी खहरे खोला र सो पारी फलेपाटनले भन्सार क्षेत्रको सीमाना छुट्ट्याएको छ ।

त्यसैगरी उत्तरमा पृथ्वी राजमार्ग तथा हवेली मार्गसँग जोडिएको भूभाग भित्रको क्षेत्र र दक्षिणमा भेडी फार्म, राधाकृष्ण मन्दिर हुँदै रामेश्वरी माविसँग जोडिएको क्षेत्र विमानस्थलको भन्सार सीमना रहने जनाइएको छ ।