पाल्पामा ट्याक्टरले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।
आज बिहान सवा ९ बजे तानसेन- दर्लाम भित्री सडकखण्डको झिरभञ्ज्याङ भन्ने ठाउँमा लु २ त ९८८४ नम्बरको ट्याक्टरले लु ५३ प ७५७१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार दुवै जनाको मृत्यु भएको हो । घटनामा मृत्यु हुनेमा तानसेन नगरपालिका-१३ बस्ने १९ वर्षीय अभिषेक थापा र ३९ वर्षीया मिना थापा रहेका छन् ।
घटनामा गम्भीर घाइते दुवैलाई जिल्ला अस्पताल पाल्पा पठाइएकोमा चिकित्सकले साढे १० बजे मृत घोषित गरेका थिए । घटना पछि प्रहरीले धादिङ घर भएका ३३ वर्षीय ट्याक्टर चालक हरिलाल चेपाङलाई पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
ट्रेन्डिङ न्यूज
Copyright © 2023 News Srot. All Rights Reserved.