विभिन्न लोभलालच देखाई पठाइएको लिङ्कमार्फत जथाभावी एप डाउनलोड गर्दा बैंक एकाउण्ट नै ह्याक गरि खाता नै रित्तो पारिएको छ । यसरी बैंक एकाउण्टमा अनाधिकृत पहुँच पुर्याई पैसा निकाल्ने आठ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रौतहटकी रविना चौधरी, सप्तरीका दीलिपकुमार चौधरी, पर्साका राजु पटेल, साहिल परवेज, शिवशंकर राउत, अजय चौधरी भनिने नगेन्द्र साह कानु, बाराका सन्तोष कुँवर र भारतीय नागरिक अवधेशकुमार रहेको प्रहरीले जानकारी दिएको छ । उनीहरुले आफैले “नेपाली गर्ल” नामको एप बनाएर लोभ देखाई आफ्नो एप पीडितको मोबाइलमा डाउनलोड गराएर बैंक खातामै पहुँच पुर्याएको प्रहरीको भनाई छ ।

करिब दुई महिनाअघि ललितपुरका हरिप्रसाद ढकालको एनआइसी एसिया बैंक खाताबाट विभिन्न इसेवा र खल्ती वालेटमा पैसा ट्रान्सफर गरिएको थियो । सोही ट्रान्सफरलाई ट्रेस गर्दै जाँदा प्रहरी संगठित गिरोहसम्मै पुगेको थियो । उनीहरु थप २० भन्दा बढीको खाताबाट पैसा चोरिसकेको पनि प्रहरीले जनाएको छ । यस अघि पोखरा फाइनान्सले पनि सोही नामको एपबाट पैसा चोरी भएको भन्दै त्यस्ता एप डाउनलोड नगर्न सुचना जारी गरेको थियो ।

सामाजिक सञ्जालमा आकर्षक विज्ञापन राख्दै एप डाउनलोड गराउने र पीडितको पुरै मोबाइलकै पहुँच हासिल गरेर पैसा चोर्ने गरेको अनुसन्धानबाट खुलेको हो । प्रहरीले उनीहरुको साथबाट विभिन्न कम्पनीको मोबाइल, ल्यापटप र एटीएम कार्ड पनि बरामद गरेको छ ।

सम्बन्धित न्यूज

ट्रेन्डिङ न्यूज

Copyright © 2023 News Srot. All Rights Reserved.