भारतीय अर्बपति गौतम अडानी १७ दिनमै विश्वको शीर्ष तीन धनाढ्यबाट शीर्ष २० को सुची भन्दा पनि बाहिर पुगेका छन् ।

१७ जनवरीमा कुल एक सय २४ अर्ब डलर सम्पत्तिका मालिक अडानीको सम्पत्ति १७ दिनमै घटेर फेब्रुअरी ३ मा ६१.३ अर्बमा झरेको छ । अडानीको सम्पत्तिमा यसरी गिरावट आउनुको पछाडि अमेरिकाको हिन्डेनवर्ग भन्ने सानो कम्पनीको हात छ । खोज र अनुसन्धान कम्पनीले हिन्डेनवर्गले धनाड्यको सुचीमा अडानीको अतुल्य आरोहणका पछाडि कैयौं बदमासी लुकेको आरोप लगाएपछि शुरु भएको ओरालो यात्रा अझै रोकिएको छैन ।

हिन्डेनवर्गले अडानीका कम्पनीले स्टल म्यानिपुलेसनदेखि लेखा प्रणालीको दुरुपयोग गरेको आरोप लगाउँदै १०३ पृष्ठ लामो प्रतिवेदन जनवरी २४ मा सार्वजनिक गरेको थियो । सो प्रतिवेदनमा अडानीका कम्पनीहरुले सेयरको मुल्य उच्च राख्न नक्कली विदेशी कम्पनी खडा गरि सेयर जम्मा गरि राखेको, कम्पनीको लेखा परीक्षणका क्रममा घोटाला गरेको जस्तो गम्भीर आरोप लगाइएको थियो ।

प्रतिवेदनका कारण अडानी ग्रुपका सात कम्पनीको सेयरमा भारी गिरावट आएको छ भने उसको मुख्य कम्पनी अडानी इन्टरप्राइजेजले जारी गर्न लागेको २० हजार करोडको एफपिओ पनि रद्द गरिएको छ । भारतको नेसनल स्टक एक्सचेञ्जले अडानी ग्रुपका तीन कम्पनी अडानी इन्टरप्राइज, अडानी पोर्ट र अम्बुजा सिमेन्टलाई अतिरिक्त निगरानीमा राख्ने भएको छ ।

अडानी ग्रुपको पर्दाफास गरेको दाबी गरेको हिन्डेनवर्गले भने सर्ट सेलिङबाट ठुलो नाफा कमाएको छ । सर्ट सेलिङ भन्नाले कुनै स्टक घट्ने अनुमान गरेर महँगोमा पहिले नै बजारमा बेच्ने र पछि घटेपछि सस्तोमा बजारबाट किनेर ब्रोकरलाई तिर्ने तरिका हो ।

सम्बन्धित न्यूज

ट्रेन्डिङ न्यूज

Copyright © 2023 News Srot. All Rights Reserved.