नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरी जेलचलान

Byन्यूज स्रोत

२०७९ माघ २०, शुक्रबार ०५:५२ गते २०७९ माघ २०, शुक्रबार ०५:५२ गते २०७९ माघ २०, शुक्रबार ०५:५२ गते

नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरी जेल चलान भएका छन् ।

जिल्ला अदालत कैलालीले दस वर्षअघि थरुहट आन्दोलनका बेला ट्याक्टरमा आगजनी गरेको अभियोगमा उनलाई ६ महिना कैद सजाय र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला सुनाएको थियो । त्यसबेला देखि फरार चौधरी हिजो मात्र बाँकेको कोहलपुरबाट पक्राउ परेका थिए ।

कैलाली -२ बाट निर्वाचित सांसद चौधरीलाई पक्राउ गरेको विरोधमा नागरिक उन्मुक्ति पार्टीले हिजै २४ दिने अल्टिमेटम दिँदै आन्दोलन गर्ने बताइसकेको छ ।