रास्वपाको बैठक सकियो, दुई दिन कुर्ने निर्णय

Byन्यूज स्रोत

२०७९ माघ १९, बिहीबार १४:५६ गते २०७९ माघ १९, बिहीबार १४:५६ गते २०७९ माघ १९, बिहीबार १४:५६ गते

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक सकिएको छ ।

पार्टीका प्रवक्ता मुकुल ढकालले बैठकपछि पत्रकारसँग कुरा गर्दै सरकार छाड्ने वा नछाड्ने बारे बैठकमा निर्णय नलिइएको जानकारी दिएका छन् । ढकालले बैठक अघि प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीले फोन गरेर दुई दिन समय माग गरेकाले सरकार बारे कुनै निर्णय नलिएको बताए ।

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक नबसेकाले पनि पार्टीले निर्णय नलिएको ढकालको भनाई थियो । उनले
पार्टी विस्तार कार्यक्रमका लागि भोलि पार्टीका सांसद पोखरा जाने पनि जानकारी दिए ।