ललितपुर महानगरपालिकाले घर पालुवा कुकुरलाई सार्वजनिक स्थानमा शौच गराए कडा कारबाही गर्ने चेतावनी दिएको छ ।

महानगर आज एक सूचनामार्फत नगरलाई हरियाली सहितको सफा, सुन्दर र स्मार्ट बनाउन योजना अघि बढिरहेको बेला घरमा पालिएका कुकुरलाई दिसापिसाब गराउन सडक, पार्कजस्ता सार्वजनिक स्थानमा ल्याउँदा ती स्थान प्रदुषित भएको बताएको छ । कुकुरको दिसापिसाबमा भएको जिवाणु वातावरणमा फैलँदा मानव स्वास्थ्यमासमेत हानि पुग्ने महानगरले बताएको छ ।

सूचनाको अवज्ञा गर्दै फेरि पनि कुकुरलाई सौच गराउन सार्वजनिक स्थानमा ल्याएको खबर पाए महानगरले कानुनबमोजिम कडा कारवाही गर्ने पनि जनाइएको छ ।

सम्बन्धित न्यूज

ट्रेन्डिङ न्यूज

Copyright © 2023 News Srot. All Rights Reserved.