काभ्रेको भकुन्डेमा बसको ठक्करबाट ८ वर्षीया बालिकाको मृत्यु भएको छ ।

बनेपाबाट खार्पाचोक जाँदै गरेको बा २ ख ७३४२ नम्बरको बसले नमोबुद्ध-७ बीसकिलोमा दिबिसा अधिकारी नाम गरेकी बालिकालाई ठक्कर दिँदा बालिकाको घटनास्थल मै मृत्यु भएको हो । त्यसपछि आक्रोशित भीडले बस नै जलाएका छन् भने बीपी राजमार्ग पनि बन्द गराएका छन् ।

प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान शुरु गरेको बताएको छ । अवरुद्ध राजमार्ग सुचारु गराउन प्रयास भइरहेको पनि जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ ।

सम्बन्धित न्यूज

ट्रेन्डिङ न्यूज

Copyright © 2023 News Srot. All Rights Reserved.