सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक साढे चार बजे हुने भएको छ ।

दिउँसो तीन बजे बस्ने बैठक प्राविधिक कारणले डेढ घन्टा पछि सारिएको हो । बैठकमा पार्टी सरकारमा रहने वा नरहने बारे गम्भीर निर्णय हुने अपेक्षा गरिएको छ । रास्वपा महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले आजको बैठकले महत्वपूर्ण निर्णय गर्ने बताएका छन् ।

यसैगरी पार्टीका सभापति रवि लामिछानेले पनि फेसबुक स्टाटसमार्फत त्यसै खालको अभिव्यक्ति दिएका छन् । उनले आफू अभिमन्यु नभएको बताउँदै लेखेका छन्, ” अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनिहाल्नुहोला, गरिहाल्नु होला, लेखिहाल्नु होला । मेरो मौनता आजसम्मका लागि मात्रै हो ।”

नागरिकता विवादमा गृहमन्त्रीलगायत पद गुमाएका लामिछानेले नागरिकता पुनप्राप्ति गरेपश्चात आफ्नो मन्त्री पद फिर्ता पाउन तीव्र लबिङ गरेका छन् । यता प्रधानमन्त्री पुष्पकमल दाहाल भने हाललाई गृहमन्त्री आफूसँगै राख्ने मुडमा रहेको उनी निकटस्रोतले जनाएको छ ।

सम्बन्धित न्यूज

ट्रेन्डिङ न्यूज

Copyright © 2023 News Srot. All Rights Reserved.