पोखरामा १३ वर्षीया बालिका मृत फेला

Byन्यूज स्रोत

२०७९ माघ १९, बिहीबार ०६:५२ गते २०७९ माघ १९, बिहीबार ०६:५२ गते २०७९ माघ १९, बिहीबार ०६:५२ गते

पोखरा, १९ माघ । पोखराको लेकसाइडमा एक बालिका झुन्डिएको अवस्थामा मृत फेला परेकी छिन् ।

टिनको छाना भएको घरमा झुन्डिएको अवस्थामा बुधबार साझ १३ वर्षीया मृत  फेला परेको प्रहरीले जनाएको छ ।

वडा प्रहरी कार्यालय बैदामका प्रहरी प्रमुख, डिएसपी युवराज भण्डारीका अनुसार बालिका  तालबाराही माविमा कक्षा ७ मा पढ्दै आएकी थिइन ।

प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।