परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल आज श्रीलंका भ्रमणमा जाँदैछिन् । श्रीलंकाको ७५औँ वर्षगाँठका अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुन पौड्याल आज त्यसतर्फ प्रस्थान गर्ने भएकी हुन् ।
भ्रमणका दौरान उनले श्रीलंकन राष्ट्रपति र प्रधानमन्त्रीलगायत उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । उनले भोलि २० गते समकक्षी श्रीलंकन परराष्ट्रमन्त्री तथा २१ गते शनिबार श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघे र प्रधानमन्त्री दिनेश गुणबर्द्धनेसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
मन्त्री पौड्याल एक साता लामो भ्रमणपछि माघ २५ गते नेपाल फर्किने कार्यक्रम रहेको छ ।