दक्षिण कोरियाली अर्थतन्त्र मन्दीको निकै नजिक पुगेको छ । निर्यातमा भारी गिरावट आउँदा तीन वर्ष यता पहिलोपटक कोरियाली अर्थतन्त्र मन्दीको चपेटामा पर्न लागेको छ ।

२०२३ को जनवरीमा त्यहाँको निर्यात १६.६ प्रतिशतले खस्कँदा व्यापार घाटा १२.६९ अर्ब डलर पुगेको तथ्यांकले देखाएको छ । सोही अवधिमा आयात भने २.६ प्रतिशतले मात्रै घट्दा पनि व्यापार घाटा बढेको जनाइएको छ । यसअघि सन् २०२० मा कोभिड महामारी उत्कर्षमा पुग्दा पनि कोरियाको अर्थतन्त्र मन्दीमा गएको थियो ।

अहिलेको मन्दीका पछाडि सन् २०२१ को अन्तिम चौमासिकमा त्यहाँको राष्ट्र बैंकले बढाएको ब्याजदर, सेमिकन्डक्टर निर्यातमा ४४.५ प्रतिशत गिरावट र चीनसँगको व्यापारमा ३१.४ प्रतिशतको गिरावट प्रमुख कारणहरु मानिएको छ । सेमिकडक्टर निर्यात र चीनसँगको बिक्रि व्यापारमा आएको गिरावट सन् २००८/९ यताकै खराब तथ्यांक रहेको जनाइएको छ ।

दक्षिण कोरियाली सरकारले यो वर्ष निर्यात ४.५ प्रतिशतले घट्ने प्रक्षेपण गरेको छ भने त्यहाँको व्यापार मन्त्रालयले घट्दो निर्यात रोक्न हरसम्भव प्रयास गर्ने बताएको छ ।

सम्बन्धित न्यूज

ट्रेन्डिङ न्यूज

Copyright © 2023 News Srot. All Rights Reserved.