हिरासत फोडेर भागेका तीन पक्राउ

Byन्यूज स्रोत

२०७९ माघ १८, बुधबार ०४:३० गते २०७९ माघ १८, बुधबार ०४:३० गते २०७९ माघ १८, बुधबार ०४:३० गते

धनुषाबाट हिरासत फोडेर भागेका तीन थुनुवा पक्राउ परेका छन् ।

आइतबार इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको भित्ता फोडेर फरार भएका ६ जनामध्ये तीन जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा मिथिला नगरपालिका-२ का २५ वर्षीय हरिदिप सिंह, २५ वर्षीय अमित मण्डल र मिथिला नगरपालिका-६ का रोशनकुमार महतो रहेका छन् । उनीहरुमध्ये रोशनलाई सोमबार साँझ, अमितलाई मङ्गलबार दिउँसो र हरिदिपलाई मङ्गलबार राति पक्राउ गरिएको हो ।

फरार बाकिँ तीन जनाको पनि खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।