सन्दीपलाई विदेश खेल्न जान सर्वोच्चको अनुमति

Byन्यूज स्रोत

२०७९ फाल्गुन १५, सोमबार १२:२१ गते २०७९ फाल्गुन १५, सोमबार १२:२१ गते २०७९ फाल्गुन १५, सोमबार १२:२१ गते

नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्ने उच्च अदालतको निर्णयलाई सर्वोच्च अदालतले सदर गरेको छ । यससँगै सर्वोच्चले उनलाई क्रिकेट खेल्न विदेश जान समेत अनुमति दिएको छ ।

आज न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुँडालको संयुक्त इजलासले लामिछानेलाई २० लाख धरौटी तिरेर रिहा गर्ने २८ पुसको आदेशलाई सदर गरेको हो । पुस २८ मा उच्च अदालतले सुनाएको निर्णयविरुद्ध सरकारी वकिलको कार्यालयले सर्वोच्चमा निवेदन दिएको थियो ।

उच्च अदालतले लामिछानेलाई धरौटीमा रिहा गर्ने निर्णय गरेसँगै उनले विदेश खेल्न जान पाउ भनेर सर्वोच्चमा निवेदन दिएका थिए ।