डडेल्धुरामा जीप दुर्घटना, एक जनाको मृत्यु

Byन्यूज स्रोत

२०७९ फाल्गुन १५, सोमबार ११:२९ गते २०७९ फाल्गुन १५, सोमबार ११:२९ गते २०७९ फाल्गुन १५, सोमबार ११:२९ गते

डडेल्धुराको परशुराम नगरपालिका–३ मट्यौलामा जीप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।

सोमबार दिउँसो कञ्चनपुरको दैजीबाट डडेल्धुराको रुपालतर्फ आउँदै गरेको म १ ज २३८ नम्बरको जीप सडकमै पल्टेर दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा भागेश्वर गाउँपालिका-२ घर भएकी ५० वर्षीया वाशुदेवी तिरुवाको घटनास्थल मै मृत्यु भएको जनाइएको छ ।

घटनामा थप केही यात्रु सामान्य घाइते भएका छन् । सडकमा ब्याक गर्ने क्रममा जीप पल्टिएको प्रहरीको भनाई छ । घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।