नेकपा एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको छ । आज बसेको पार्टीको सचिवालय बैठकले सरकारबाट बाहिरिनुका साथै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको हो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले एमालेबाट बनेका मन्त्रीहरुलाई असहयोग गर्ने प्रवृतिका कारण सरकारबाट बाहिरिन बाध्य भएको एमालेका नेताहरुको भनाई छ । हिजो प्रम दाहालले स्वीजरल्यान्ड उड्न लागेकी परराष्ट्र मन्त्रीलाई अन्तिम समयमा रोकेका थिए ।

सरकार गठन बेलाको अर्को घटक राष्ट्रिय प्रजातन्त्र पार्टी यस अघि नै बाहिरिसकेको छ ।

सम्बन्धित न्यूज

ट्रेन्डिङ न्यूज

Copyright © 2023 News Srot. All Rights Reserved.