कालिन्चोकमा पर्यो यो वर्षको पहिलो हिउँ

Byन्यूज स्रोत

२०७९ फाल्गुन १४, आईतवार १३:३४ गते २०७९ फाल्गुन १४, आईतवार १३:३४ गते २०७९ फाल्गुन १४, आईतवार १३:३४ गते

दोलखाको कालिन्चोकमा यो वर्षको पहिलो हिउँ परेको छ । पर्यटकीय र धार्मिकस्थलका रुपमा परिचित कालिन्चोकमा आज दिउँसो १ बजेदेखि नै हिउँ पर्न थालेको त्यहाँका होटल व्यवसायीले जनाएका छन् ।

यो वर्ष हिउँदको अन्त्य हुन लाग्दा पनि हिउँ नपरेर निराश भएका पर्यटक व्यवसायी हिमपात पछि भने उत्साहित बनेका छन् । सामजिक सञ्जालमा विभिन्न होटल तथा रिसोर्टहरुले हिमपात भइरहेको फोटो तथा भिडियो सेयर गर्दै पर्यटकलाई आकर्षित गरिरहेका छन् ।

काठमाडौँबाट नजिक रहेको दोलखा चरिकोटले पछिल्लो समय विकएन्ड डेस्टिनेसनका रुपमा कर्पोरेट हाउसहरुमा ख्याती कमाउँदै आएको छ ।