पोखरा र तनहुँमा असिनापानी

Byन्यूज स्रोत

२०७९ फाल्गुन १४, आईतवार ०९:५९ गते २०७९ फाल्गुन १४, आईतवार ०९:५९ गते २०७९ फाल्गुन १४, आईतवार ०९:५९ गते

लामो समयपछि पोखरामा असिनासहित ठूलो वर्षा भएको छ ।

आज बिहानै देखि मेघ गर्जन हुन थालेको पोखरामा दिउँसै अँध्यारो परेको थियो । पुरै हिउँद भरी सुख्खा रहेको पोखरामा करिब ४ महिनापछि वर्षा भएको हो ।

अघिल्लो बिहीबार सामान्य वर्षा भएपनि यति ठूलो वर्षा भने भएको थिएन । लामो हिउँदे खडेरीपछि परेको पानीले हिउँदे बाली केही राहत दिएपनि असिनापानीले काँक्रा, घिरौलालगायतमा भर्खरै उम्रन थालेका बेर्नालाई भने क्षति गरेको छ ।

तनहुँका केही स्थानमा पनि आज असिनापानी परेको छ । असिनापानीले तोरी, गहुँ, आलु लगायत तरकारी बालीमा क्षति गरेको किसानहरुले बताएका छन् ।