प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज गोरखा जाने भएका छन् ।

दाहाल गोरखाको बारपाक सुलिकोट र पालुङटारका विभिन्न कार्यक्रममा सहभागी हुन त्यसतर्फ जान लागेका हुन् । उनले गोरखा-२ बाटै प्रतिनिधिसभाको निर्वाचनमा जीत हासिल गरेका थिए । दाहाल पालुङटारमा कार्यकर्ता धन्यवादलगायतका कार्यक्रम सहभागी हुने जनाइएको छ ।

यसैगरी बारपाकमा दिलबहादुर रम्तेल स्मृति सभा, सहिद परिवार सम्मानलगायत कार्यक्रममा दाहाल सहभागी हुनेछन् । उनी भोलि काठमाडौँ फर्कने पनि जनाइएको छ ।

सम्बन्धित न्यूज

ट्रेन्डिङ न्यूज

Copyright © 2023 News Srot. All Rights Reserved.