पोखराको मालेपाटनस्थित कालिका पेट्रोल पम्प नजिकै अचेत अवस्थामा भेटिएका पुरुषको उपचारका क्रममा मृत्यु भएको छ ।

शरीर ददारिएको अवस्थामा भेटिएका ती पुरुषलाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएकोमा उपचारका क्रममा बिहान ८:३० बजे मृत्यु भएको जनाइएको छ । मृतकको पहिचान नखुलेपछि प्रहरीले हुलियाको वर्णन गर्दै सूचना जारी गरेको छ । प्रहरीले मृत्युको कारणबारे भने कुनै जानकारी दिएको छैन ।

प्रहरीका अनुसार मृतकको उमेर अन्दाजी ३५ रहेको छ भने उचाई करिब ५ फिट ४ इन्च रहेको छ । मङ्गोलियन वर्ष जस्तो देखिने पुरुषले खरानी रङको हाफपैन्ट र खैरो रङको कोठे स्वेटरभित्र कालो टिसर्ट लगाएको जनाइएको छ । मृतकको घाँटीमा kellin लेखिएको ट्याटु, देब्रे नाडीको हत्केला पछाडी ताराको ट्याटु र दुवै पाखुरादेखि नाडीसम्मै विभिन्न ट्याटु पनि खोपिएको प्रहरीले जनाएको छ ।

घटनाको बारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ । आज बिहान करिब ५:३० बजे मृतक फेला परेको प्रहरीको भनाई छ ।

सम्बन्धित न्यूज

ट्रेन्डिङ न्यूज

Copyright © 2023 News Srot. All Rights Reserved.