बाग्लुङमा ट्याक्टरको ठक्करबाट बालकको मृत्यु

Byन्यूज स्रोत

२०७९ फाल्गुन १३, शनिबार १३:२६ गते २०७९ फाल्गुन १३, शनिबार १३:२६ गते २०७९ फाल्गुन १३, शनिबार १३:२६ गते

बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिकामा ट्याक्टरको ठक्करबाट बालकको मृत्यु भएको छ ।

शनिबार दिउँसो करिब २ बजे भएको घटनामा ढोरपाटन नगरपालिका-६ चामिदवारमा बस्ने १३ वर्षीय लक्ष्मण विकको घटनास्थल मै मृत्यु भएको हो । विकलाई ठक्कर दिने ध १ त ५११ नम्बरको ट्याक्टर र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जानकारी दिएको छ ।