नेपाल राष्ट्र बैंकले अब विदेशबाट पठाइने रेमिटेन्स रकमान्तर हुने परिवारको सदस्यको खातामा पनि एक प्रतिशत ब्याज थप दिनुपर्ने नियम ल्याएको छ ।

नेपाल राष्ट्र बैंकद्वारा आज जारी एक सर्कुलर अनुसार अब रेमिटेन्स बचत खाताका साथसाथै सो खाताबाट रकमान्तर गरि खोलिएको मुद्दती खाता तथा वैदेशिक
रोजगारीमा रहेका नेपालीले परिवारको नाममा पठाएको विप्रेषण रकम निजको परिवारले खोलेको बचत वा मुद्दती निक्षेप खातामा राखेमा पनि थप एक प्रतिशत ब्याज दिनुपर्नेछ । राष्ट्र बैंकले वर्ग क, ख र ग का बैंक तथा वित्तीय संस्थालाई यस्तो निर्देशन दिएको हो ।

यसअघि यस्तो थप ब्याजदर रेमिटेन्स बचत खातामा मात्र बैंक तथा वित्तीय संस्थाले यसरी थप एक प्रतिशत ब्याज दिनुपर्ने नियम रहेको थियो । राष्ट्र बैंकले आज आकस्मिक बिदामा सेवा प्रवाह सूचारु राख्नुपर्ने, मर्जरका क्रममा स्वाप रेसियोमा फरक परेर आउने सरप्लस रकम बाँड्न पाइने लगायत विभिन्न नियमहरु सर्कुलरमार्फत जारी गरेको थियो ।

सम्बन्धित न्यूज

ट्रेन्डिङ न्यूज

Copyright © 2023 News Srot. All Rights Reserved.