प्रहरीले पोखरामा बैंकिङ कसुर र चेक अनादर मुद्दामा फरार तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार बैंकिङ कसुर मुद्दामा फरार रहेका जिल्ला कास्की पोखरा-३१ बेगनासताल बस्ने ३५ वर्षीय गजेन्द्र रानाभाट पक्राउ परेका हुन् । उनीमाथि १० दिन कैद र आठ लाख १८ हजार २०० रुपैयाँ जरिवाना सजाय फैसला भएको थियो ।

यसैगरी चेक अनादार मुद्दामा १५ सय रुपैयाँ जरिवाना फैसला भएका पोखरा-४ चिप्लेढुङ्गा बस्ने विष्णु कुमार श्रेष्ठ र सोही प्रकृतिको मुद्दामा एक हजार रुपैयाँ जरिवाना फैसला भई हालसम्म फरार पोखरा-१६ बस्ने चुडामोहन पौडेललाई पनि प्रहरीले पक्राउ गरेको छ ।

सम्बन्धित न्यूज

ट्रेन्डिङ न्यूज

Copyright © 2023 News Srot. All Rights Reserved.