सिरहामा अज्ञात समूहद्वारा नौ लाख रुपैयाँँ लुटपाट

Byन्यूज स्रोत

२०७९ फाल्गुन १०, बुधबार १२:०५ गते २०७९ फाल्गुन १०, बुधबार १२:०५ गते २०७९ फाल्गुन १०, बुधबार १२:०५ गते

सिरहामा चार जनाको समूहले नौ लाख रुपैयाँँ लुटेर भागेका छन् ।

मिर्चैया-कल्याणपुर सडक खण्डमा पार्ने बसहा पुलमा बुधबार दिउँसो ३ बजे उक्त रकम लुटिएको हो । ज ६ प ४२५६ नम्बरको मोटरसाइकलमा राखेर मिर्चैयाबाट कल्याणपुर लगिदै गरेको सो रकम अज्ञात समूहले लुटेको हो । पैसा बैंकबाट झिकेर मनि ट्रान्सफर लान लागिएको जनाइएको छ ।

घटना पछि वरपरका सबै सडक तथा नाकामा प्रहरी परिचालन गरी खोजतलास तीव्र पारिएको प्रहरीले जनाएको छ ।